सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोट र साइबर सुरक्षा सम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन्।
यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सूचना प्रविधिमा रूचि राख्ने विद्यार्थी, अध्येयता, राजनीतिककर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ।
कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेका परियोजनाहरू प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीमा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल लगायतका विभिन्न पार्टीका राजनीतिज्ञ तथा नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रेमश खरेललगायले अवलोकन गरेका थिए। साथै, प्लस टु तह पूरा गरेका र अध्ययनरत विद्यार्थीका साथै सूचना प्रविधिका उद्यमीहरूको पनि उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ।
‘प्रदर्शनी सूचना प्रविधिमा रूचि राख्ने, अध्ययन गर्न चाहने लगायतलाई लक्षित गरी सुरू गरिएको थियो, प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ,’ कलेजका निर्देशक अमृत थापाले भने, ‘प्रदर्शनीमा अवलोकनकर्ताको भिडले हामीलाई हौसला मिलेको छ, प्रदर्शनी प्रविधिमा रूचि राख्नेहरूसँगै राजनीतिककर्मीहरूको सहभागिताले विशेष बनेको छ।’
प्रदर्शनीमा सञ्चालित रोबो मेनियामा एक्सर पहिलो भयो भने दोस्रो स्थान डिस्ट्रक्टरले पायो। साथै तेस्रो स्थानमा बोटमाइन्ढडस् रह्यो। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे।