उद्योगी श्रवणकुमार अग्रवालको निधन भएको छ।
७७ वर्षको उमेरमा सोमबार राति आफ्नै निवास सानेपामा उनको निधन भएको पारिवार स्रोतले जनाएको छ।
अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन्।
औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए।
सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्।
मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य रहेका थिए।
गौशालालगायत अन्य मठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रूपमा सामाजिक क्षेत्रमा समेत योगदान गरेका छन्।
स्वर्गीय अग्रवालका श्रीमती, एक छोरी र दुई छोराहरू छन्।