उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब कुनै पनि उद्योगको बिजुली नकाट्ने बताएका छन्।
उनले सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको उल्लेख गर्दै अब डेडिकेटेड र ट्रंकलाइन विवादमा कुनै पनि उद्योगको लाइन नकाट्ने बताएका हुन्।
शुक्रबार एक कार्यक्रममा बोल्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए।