सिद्धार्थ हस्पिटालिटीको ‘तीज यात्रा’ सम्पन्न भएको छ।
नेपाली महिलाहरूको महान पर्व तीजका अवसरमा महिलालाई सम्मान तथा दर खुवाउने उद्देश्यले आयोजित यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ।
समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई भेला पारी कम्पनीले तीज यात्रा आयोजना गरेको कम्पनीका विजनेश डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए।
उनका अनुसार यात्रा भदौ ४ गते बुटवलको सिद्धार्थ कटेजबाट सुरू भएको थियो। यात्रा भदौ ५ गते भैरहवाको सिद्धार्थ भिलासा, भदौ ६ गते सिद्धार्थ होटल, टीकापुर र भदौ ८ गते सिद्धार्थ कटेज नेपालञ्जमा आयोजना भएको थियो।
तीज यात्राभर गायिका मञ्जु पौडेलसहित स्थानीय कलाकारहरूले विशेष प्रस्तुति दिएका थिए।
चार स्थानमा गरिएको कार्यक्रममा गरी एक हजारभन्दा बढी महिला उपस्थित थिए।
‘विभिन्न क्षेत्रमा सक्रिय र सम्मानित महिलालाई निमन्त्रणा गरी कार्यक्रम आयोजना गरिएको थियो, तीजका अवसरमा यो कम्पनीका तर्फबाट गरिएको सम्मान थियो,’ पन्तले भने।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्ड सञ्चालित छन्।
साथै कम्पनीले हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेकिड आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन्।