वात्सल्य नेचुरल आइभिएफले ८औं वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिकको सञ्चालन सुरू गरेको छ।
नेपाल मेडिसिटी अस्पताल नख्खुमा रहेको क्लिनिकको सोमबार डा. उपेन्द्र महतोले उद्घाटन गरे।
समारोहमा वात्सल्यको ब्रान्ड एम्बेसडरका रूपमा २०२४ का मिस नेपाल विजेताहरु आश्मा कुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए।
वात्सल्यको रिब्रेडिङले नयाँ लोगो, नयाँ ब्रान्ड रंगहरू, र नयाँ विषयवस्तु हित नयाँ नारा (स्लोगन) ’नयाँ आशा, नयाँ जीवन’लाई सार्वजनिक गरेको छ।
विगत ८ वर्षदेखि वात्सल्यले करिब पाँच हजार जोडीहरूलाई सन्तान प्राप्तिको सुख दिएको बताइएको छ।
'हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो। हाम्रो रिब्रेडिङ नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न प्रति हाम्रो प्रतिबद्धतालाई पनि थप प्रस्ट पार्छ,' वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने।
वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन र बुटवलमा सेवा प्रदान गर्दै आएको छ। साथै, पोखरा विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको छ।
यस विस्तारका साथ वात्सल्यले नेपाल भरका इच्छुक परिवारहरुलाई प्रजनन सेवा सजिलै उपलब्ध गराइ अभिभावकत्वको खुसी प्रदान गर्न तत्पर रहेको जनाएको छ।