बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) ले दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ।
'कम्प्युटर, विज्ञान, इन्जिनियरिङ र टेक्नोलोजीमा इनोभेसन' शीर्षकमा आयोजना गरिएको यस कार्यक्रममा नेपालसहित भारत, चीन, घाना लगायतका देशका व्यक्तिहरूले आफ्नो अनुसन्धान प्रस्तुत गरे।
देश विदेशका विभिन्न व्यक्तिहरू ३५ भन्दा बढी पेपर प्रस्तुत गरिएको यस गोष्ठीमा सहभागीले शिक्षण तथा अनुसन्धान क्षेत्रमा नयाँ कामको सुरूआत गरिएको बताइएको छ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र भारतीय प्राविधिक संस्थान, पटना (आइआइटी पटना) का कम्प्युटर विभाग प्रमुख राजीव मिश्रले ‘आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटी) जेनेरेटिभ एआई फर क्लाइमेट चेन्ज मिटिगेसन’ शीर्षकमा विचार राखे।
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका सल्लाहकार सदस्य भरतराज पहारीले ‘इन्जिनियरिङ, टेक्नोलोजी र समाजको सम्बन्ध’ विषयमा आफ्नो विचार राखे।
त्यस्तै एनसिआइटीका प्रधानाचार्य निरञ्जन खकुरेलले यस्ता कार्यक्रमहरूले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा थप योगदान पुर्याउने बताए।