नेपाल ओपन सोर्स क्लब (नोस्क) ले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा एक कार्यक्रमकाबीच सफ्टवेयर स्वतन्त्रता दिवस मनाएको छ।
ओपन सोर्स प्रोजेक्ट प्रदर्शनी, कोडिङ प्रतियोगिता, साइबर सुरक्षा चुनौती, लिनक्स डिस्ट्रो डेमोस, र आइटी, साइबर सुरक्षा, नेटवर्किङ र ठूला खुला स्रोत संस्थानहरूका विशेषज्ञहरूद्वारा वार्ता र प्रस्तुतीकरणहरू सहित कार्यक्रम आयोजना गरी सफ्टवेयर स्वतन्त्रता दिवस मनाइएको हो।
एनसिआइटीका प्रिन्सिपल निरन्जन खकुरेलले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रिन्सिपल खकुरेल, नेपाल इन्टरप्रेन्योर हबका सह-संस्थापक आइटी र कानुनी सल्लाहकार हेम्पल श्रेष्ठ र एनसिआइटीका निर्देशक बिजुली प्रसाद राना लगायतले सूचना प्रविधि र ओपन सोर्स यसको प्रभाव बारे बताएका थिए।