त्रिवेणी ग्रुपद्वारा सञ्चालित त्रिवेणी फाउन्डेसनले बल्खुका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ।
मंगलबार श्री जनविकास माध्यमिक विद्यालयको प्राङ्गणमा फाउन्डेसनले राहत वितरण गरेको हो।
श्री जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल कुमार झाको सक्रियता र उनले गरेको डाटा संकलनले राहत वितरणमा ठूलो सहजीकरण भएको त्रिवेणी ग्रुप फुड डिभिजनका ब्रान्ड म्यानेजर विश्रान्त कोइराला बताउँछन्।
यस्तै, प्रधानाध्यापक झाले कार्यक्रमको उद्घाटन गर्दै त्रिवेणी फाउन्डेसनलाई धन्यवाद दिँदै प्राकृतिक विपत् घटेलगत्तै उनले सबै विद्यालय लगायत संघ संस्थाहरूलाई डाटा कलेक्सनमा यथाशिघ्र जुट्न आग्रह समेत गरे।
राहत वितरण कुनै ढोङ नभई सच्चा डाटाको आधारमा गर्दा पीडित पक्षले साँच्चै केही राहत महसुस गर्ने उनकाे धारणा थियो।
त्रिवेणी फउन्डेसनको राहत कार्यक्रममा आफ्नै कम्पनीमा उत्पादित एक एक बोरा अमृत भोग चामल र केही मात्रामा अमृत तेलहरू वितरण गरिएको थियो।
यस्तो प्राकृतिक विपतको समयमा त्रिवेणी फउन्डेसन सधैं सक्रिय रहँदै आएको बताउँदै आउँदा दिनहरूमा सामाजिक क्रियाकलापहरू अझै थप सक्रियता देखाउने त्रिवेणी फाउन्डेसनकी प्रतिनिधि मुस्कान प्रसाईंले बताइन्।
गत साता परेको भीषण वर्षाले काठमाडौंको बल्खु क्षेत्र पनि प्रभावित भएको थियो।