हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह सम्पन्न भएको छ।
दीक्षित हुनु प्रत्येक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण माइलस्टोन हो। यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययको सुरुवातको सन्देश दिन्छ।
यसले विद्यार्थीहरूलाई अभिभावक, संरक्षक, शिक्षक र साथीहरूको सहयोगको महत्त्व स्मरण गराउँदै, कलेजमा बिताएका अमूल्य क्षणहरूको सम्झना दिलाउने अवसर प्रदान गर्छ।
यस वर्ष, कलेजबाट कुल ६२१ विद्यार्थीहरू दीक्षित हुँदैछन्, जसमा ४२८ स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन्।
कलेज आफ्ना विद्यार्थीहरूको उपलब्धिमा गर्व गर्दछ र उनीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछ।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्ट ग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।
यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्ने बताइएको छ।
यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ।
उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिनेछन्। यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।