कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
विद्यार्थीहरूका लागि दीक्षान्त समारोह वर्षौको अध्ययनबाट व्यावसायिक जीवनमा प्रवेशको प्रतीक रहेको जहाँ उनीहरूले प्राप्त गरेका ज्ञान र सीपहरूले उनीहरूको भविष्य निर्माणमा सहयोग गर्ने कलेजको भनाइ छ।
समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिङ, बिएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आइटी सेक्युरिटी, बिएससी (अनर्स) मल्टीमिडिया टेक्नोलोजी, बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन, बिए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बिए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बिए (अनर्स) विज्ञापन र मार्केटिङ र बिए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० जना विद्यार्थी सहभागी भएका थिए भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आइटी र एप्लाइड सेक्युरिटी विषयका ६४ जना विद्यार्थी दीक्षीत भएका थिए।
समारोहमा बिजनेस विषय र आइटी विषय पूरा गर्ने विद्यार्थी गरी कुल ८१४ विद्यार्थी दिक्षित भएका थिए।
वार्षिक दिक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।
यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति लक्षिना बज्राचार्य र कुशल कार्कीलाई प्रदान गरिएको छ।
यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति निश्चल आचार्य र सुजल तुलाधरलाई प्रदान गरिएको छ।
यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन्।
यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।
इस्लिङ्टन कलेजले २८ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ।
अन्तर्राष्ट्रिय साझेदारी, उच्चस्तरीय शैक्षिक कार्यक्रम र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा सफल बनाउने सीप र ज्ञान प्रदान गर्न प्रतिबद्धता कलेजको विशेषता हो।