नेपाल फ्रेट फरवार्डस एसोसिएसनको २४औं वार्षिक सधारण सभा पश्चात भएको निर्वाचन कार्यक्रमबाट अध्यक्ष पदमा राजेन्द्र संग्रौला निर्विरोध निर्वाचित भएका छन्।
संघको आगामी कार्यकालका लागि राजेन्द्र संग्रौलाको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति चयन भएको हो।
नयाँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ्ग, सचिवमा सुजन कुमार न्यौपाने, सह कोषाध्यक्षमा संजिव अर्याल निर्विरोध निर्वाचित भएका छन्।
त्यसै कार्यकारिणी समिति सदस्यहरूमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, संजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग तथा प्रनुषा कार्की निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको छ।
संघको विधानमा कार्यकारिणी समितिमा १४ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र २ जना सदस्य अध्यक्षद्वारा कार्यकारिणी समितिको परामर्शमा मनोनित गर्ने प्रावधान रहेको छ।
त्यसैगरी संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत गरिएको छ एवं निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी रहेका छन्।