एड्भर्टोरियलः
घरको भुइँमा कार्पेट राख्ने चलन पुरानो भइसक्यो। अचेल घर, अफिसहरूको भुइँमा विभिन्न आकर्षक पार्केट राखेर सजाउने चलन आइसकेको छ।
पार्केटिङले घरलाई कलात्मक, सुन्दर र सफा राख्न सहयोग गर्छ। कार्पेटमा धुलो बस्ने हुँदा स्वास्थ्यमा यसले ठूलो असर गर्छ। कार्पेटको धुलो, दाग सफा गर्न हैरानी हुन्छ।
पार्केट भने सफा गर्न सजिलो हुन्छ। यसलाई केहीबेरमै सिनित्त बनाउन सकिन्छ।
चिसो ठाउँमा पार्केट कार्पेटजस्तो चिसो ओसिलो हुँदैन। यसले कोठालाई न्यानो राख्न मद्दत गर्छ।
एभ्री घर प्रालि (everyghar.com) ले नेपाली सिसौ र विदेशबाट आयात गरिएका धेरै प्रकारका पार्केट उपलब्ध गराउँछ। हामीसँग सबैभन्दा धेरै प्रकारका पार्केट छन्।
हामी पार्केटमा १५ वर्षको वारेन्टी दिन्छौं।
हामीसँग आठ वटा विदेशी कम्पनीका २४ भन्दा धेरै रङमा पार्केट उपलब्ध छन्। घर बाहिर प्रयोग गर्न मिल्ने वाटर प्रुफ पार्केट पनि छ।
तपाईंको कोठाको बनावट, रङअनुसार कस्तो पार्केटिङ सुहाउँछ, हामी सिफारिस गर्नेछौं।
बजारमा कमसलदेखि बलियासम्म धेरै प्रकारका पार्केट पाइन्छन्। हरेक प्रकारका पार्केट कति बलिया छन् भनेर हामी मेसिनले परीक्षण गर्छौं। तिनको गुणस्तर र मूल्यबारे तपाईंलाई खुलस्त भन्छौं, ताकि तपाईं नठगिनुहोस्। तपाईंले सोच विचार गरेर निर्णय लिन सक्नुहोस्।
हामी लोकल सिसौको पार्केटिङ पनि बनाउँछौं। यसमा सिजनिङ गरिएको काठ प्रयोग हुन्छ। सिजनिङले काठलाई बढी टिकाउ बनाउँछ। पछि गएर पसांगिनबाट जोगाउँछ।
हामी मूल्य र गुणस्तरको ग्यारेन्टी दिन्छौं। सबै खालका पार्केट हामी बजारभन्दा सस्तो मूल्यमा उपलब्ध गराउछौं।
एभ्री घरसँग मुख्यगरी तीन प्रकारका पार्केट छन्।
नेपाली सिसौको पार्केटः
माथिल्लो सतहमा प्लास्टिक नराखी काठको स–साना टुक्राले भुइँ सजाइन्छ भने त्यो काठको पार्केटिङ हो। घरको बजेटअनुसार अलि महँगो मूल्य तिर्न तयार भए काठका गुणस्तरीय र जीवनभर टिक्ने पार्केट लगाउन सकिन्छ।
यो पार्केटको आयु काठको जति नै हुन्छ।
लेमिनेटेड पार्केटः
काठको धूलो (कुड) लाई मेसिनद्वारा बलियो गरी थिचेर प्लास्टिक लेमिनेसन गरी यो पार्केट तयार पारिएको हुन्छ। घरायसी प्रयोजन, कार्यालय वा धेरै मानिस आवतजावत हुने, जुत्ता लगाएर हिँडिने, केमिकल प्रयोग गरेर सफा गर्नुपर्ने स्थानमा यस्तो पार्केट राम्रो हुन्छ।
यसमा धूलो जम्दैन। पानी पोखिए पुछ्न सजिलो हुन्छ। खानेकुरा पोखियो भने टिप्न र सफा गर्न सजिलो छ। त्यस्तै काठको धूलोबाट बनेकाले चिसो कोठा न्यानो राख्न र गर्मीमा शीतल पार्न सहयोग गर्छ।
यो एकले अर्कालाई लक गर्दै ओछ्याउने हुँदा बलियो हुन्छ। काठको तुलनामा लेमिनेटेड पार्केट सस्तो हुन्छ।
पिभिसी (वाटरप्रुफ) पार्केटिङः
माथिका दुइटाभन्दा पार्केटभन्दा पिभिसी पार्केट फरक हुन्छ। यसलाई 'प्लास्टिक टाइप' भनेर पनि बुझ्न सकिन्छ।
कोठाहरू सबैतिर पार्केट राखेपछि भान्सा वा बरन्डामा नराख्दा राम्रो देखिँदैन। त्यस्तोमा पिभिसी पार्केट गर्नु राम्रो हुन्छ।
बारम्बार पानी पोखिने स्थान जस्तै, भान्सा, बाथरूम, बरन्डा आदिमा यो पार्केट उपयुक्त हुन्छ। काठ र लेमिनेटेड पार्केटको तुलनामा यो केही नरम हुन्छ। निरन्तर पानीको सम्पर्कमा आउँदा पनि खास असर पर्दैन।
सुरूमा लगाउँदा कार्पेटका तुलनामा महँगो परे पनि गुणस्तर र आयु हेर्दा पार्केटिङ धेरै नै किफायती हुन्छ।
तपाईं पनि आफ्नो घरमा पार्केटिङ गर्न चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस्।
हाम्रो फेसबुक लिंक।
हाम्रो वेबसाइट।
सम्पर्क नम्बरः 984-1223040
एभ्री घरका अन्य सेवाहरूः
मोडुलर किचन
काठका सिँढी
घर मर्मत