एड्भर्टोरियलः
काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोस्टिक ल्याब एक वर्षअघि अत्याधुनिक उपकरण जडान भइ सञ्चालनमा आएको हो। यो ल्याबले विदेशील्याब सरह प्याथोलोजी सेवा प्रदान गर्दै आइरहेको ल्याबका प्रबन्ध निर्देशक रवीन्द्र केसी बताउँछन्।
अमेरिकन र युरोपियन प्रविधिबाट बनाइएको यो ल्याबमा अत्याधुनिक स्तरका मेसिनहरू छन्। क्रिष्टल ल्याबले नेपाल सरकारबाट विशिष्ट श्रेणीको दर्जा पाएको छ।
शुलभदरमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको ल्याबका प्रबन्ध निर्देशक केसीले जानकारी दिए। क्रिष्टल डाइग्नोस्टिकले एक वर्षे यात्रामा एक लाखभन्दा बढी पिसिआर र ५० हजारलाई प्याथोलोजी सेवा दिइसकेको छ।
क्रिष्टल डाइग्नोस्टिक दोस्रो पटक नेपालमा कोभिडका कारण लकडाउन भएका बेला स्थापना भएको थियो।
क्रिष्टल डाइग्नोस्टिक ल्याब दुबइ नागरिक उड्यन प्राधिकरणले नेपालमा र्यापिड पिसिआरका लागि अनुमति दिएको पहिलो ल्याबसमेत भएको केसीले बताए। यो ल्याब र्यापिड पिसिआर गरेर दुबइ यात्रु उडाउने पहिलो ल्याबसमेत बनेको थियो।
यो ल्याब नेपालमा सञ्चालनमा आएपछि यसअघि भारत पठाउनु पर्ने केही परीक्षणहरू त्यही गरिँदै आएको छ।
अझ सबै परीक्षण यही ल्याबले नै गर्ने र कुनै पनि नमूना भारत पठाउन नपर्ने गरी काम भइरहेको प्रबन्ध निर्देशक केसीले बताए।
यो ल्याबले त्रिभुवन विमानस्थल परिसरमा समेत ल्याव राखेर काम गर्दै आइरहेको छ।
छोटो समयमै पिसिआरमा नाम कमाउन सफल यो ल्याबबाट हेमाटोलोजी, बायोकेमेस्ट्री, क्यान्सर जाँच, इम्युनोफोरोसेन्स, फ्लो साइट्रोमेट्री लगायत सेवा दिइरहेको छ।
आइभिएफसँग सम्बन्धित सबै जाँच र स्त्री रोग सम्बन्धी विशेष जाँचमा पनि यो ल्याबले आफ्नो ब्रान्ड बनाउन सफल भएको उनले बताए।