एड्भर्टोरियल
नेपाली बजारमा बबक्याट ब्याकलोडर बी.७६० सार्वजनिक भएको छ। इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड कन्सट्रक्सन सर्भिसेस प्रालिले यो ब्याकलोडर बी.७६० सार्वजनिक गरेको हो।
कम्पनीले विगत १५ वर्षदेखि नेपालमा दुसान ब्रान्डका विभिन्न मेसिन बिक्री वितरण गर्दै आइरहेको छ।
बबक्याट लोडर नेपालमा बिक्री वितरण गर्नु अगाडि नेपालका विभिन्न भूभागमा परिक्षण गरी सोहीअनुसारका विशेषता राखेर नेपालका लागि उत्पादन गरिएको कम्पनीका महाप्रबन्धक काशीराम तिवारी बताउँछन्।
'बबक्याट' सन् १९५८ देखि कम्प्याक्ट मेसिनहरू उत्पादन गर्दै आएको अमेरिकन ब्रान्ड हो।
बबक्याट बी.७६० मा ९४ एचपी पार्किङ्स टर्बोचार्ड इन्जिन प्रयोग गरिएको छ। मेसिनमा अगाडिको लोडर बकेटमा १.१ क्युबिक मिटर बकेट साइज दिएको छ भने पछाडिको ब्याकहोमा ०.३ क्युबिक मिटरको बकेट प्रयोग भएको छ।
यसको क्याबिनमा पनि बस्नका लागि प्रशस्त ठाउँ राखिएको छ। यसमा साइड स्टेबलाइजर पनि जडान गरिएको छ। बबक्याट ब्याकहो लोडरमा स्ट्यान्डर्ड डिपर विथ होज गार्ड उपलब्ध छ।
बबक्याटको प्रमुख विशेषताहरू भनेको युनिक डिस्ट्रिब्युसन बक्स, पम्प अनलोडिङ सिस्टम, ब्याट्री कट अफ स्वीच, र सेभेन इन वान अप्सन बकेट हुन्।
युनिक डिस्ट्रिब्युसन बक्स भनेको एउटा स्मार्ट हाइड्रोलिक पाइप म्यानेजमेन्ट हो। यसले गर्दा हाइड्रोलिक पाइप लिकेज (चुहावट), ब्रेकेज (टुट्न-फुट्न) हुनबाट बचाउँछ र मर्मत सम्भार शुल्क कम हुन्छ।
त्यसैगरी, यसमा दुई वटा पम्प अनलोडिङ सिस्टम हुन्छ। कामको प्रकृति अनुसार एउटा पाइप बन्द गरी अर्को पम्प सञ्चालन गर्न सकिन्छ। यसले गर्दा इन्धन बचत हुन्छ।
बबक्याटमा रहेको ब्याट्री कट अफ स्विचले गर्दा मेसिन प्रयोग गरेको बेलामा ब्याट्री खेर जानबाट जोगाउँछ। यसले ब्याट्रीको आयु पनि बढाउँछ।
यस मेसिनमा सेभेन-इन-वान विकल्प छ, जसले गर्दा सबै थरीका कामहरू उक्त बकेटको मद्दतले गर्न सकिन्छ। बबक्याट लोडरको डम्प हाइट र वर्किङ हाइट बेस्ट इन क्यास छ। साथै लोडर आर्म बकेट फोर्स र ब्याकहो फियरआउट फोर्स पनि धेरै छ।
बबक्याट नेपाली बजारमा सार्वजनिक भएसँगै कम्पनीले ग्राहकका लागि केही योजनाहरू ल्याएको छ। कम्पनीले देशभरिमा आफ्ना सात वटा शाखाहरूबाट सेल्स, सर्भिस तथा स्पेयरको सेवा प्रदान गरिरहेको छ।
मेसिनहरूको क्षेत्रमै गएर सर्भिसिङ गर्नुपर्दा यसको शुल्क महँगो पर्छ। यो कुरा ध्यानमा राखी कम्पनीले ग्राहकहरूलाई बबक्याट मेसिनको पुन: बिक्री मूल्यमा ढुक्क पार्न पाँच वर्षपछिको रिसेल ग्यारेन्टी प्रदान गरेको छ।