हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने भएको छ।
एयरलाइन्सले बुधबार यस्तो घोषणा गरेको हो।
यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो।
कम्पनीले आगामी मार्चदेखि सिधा उडान गर्ने जानकारी दिएको छ। यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ।
यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।
यसअघि विभिन्न वायुसेवाले यो विमानस्थलमा चार्टर्ड उडान गरेका थिए।