Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, असोज २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

 दसैं

त्रिलोचन सुवेदी

त्रिलोचन सुवेदी

भत्किनै आटेको घरको भित्ता

सहरको 

कोचाकोच माइक्रोमा खलासी अडिएझैं

अडिएको छ 

पोहोर साल लिपेको गोबर र माटोको पाप्रा

गाडीभित्र सिटमा बसेको मान्छेले 

झ्यालबाट बाङ्गो मुन्टो लगाएर 

अगाडिको बाटो हेरेझैं

 हेरेको छ

भित्ताको पाप्राले 

सहरबाट फर्किनेको बाटो 

पिँढीमा फुल्न लागेका फूलका गुथा

 

सहर पसेकाले घर सम्झिउन् या बिर्सिउन्

एक पटक मज्जाले सम्झँदो रै’छ घरले 

 

सहर पसेको छोरो आओस् 

र 

उखालोस् भनेर बसेको छ 

घरवरिपरिको झार

बुहारी आओस् 

र 

लिपोस् भनेर

गेरू र छिर्के मिर्के अनुहार लिएर 

बसेको छ घरको भित्तो 

तर 

छोरो आउँछ टीका थाप्ने दिन पारेर 

बुहारी आउँछे उसैदिन 

नातिनातिना आउँछन् उसैदिन 

 

उसै पनि छैन दसैं पहिलेझैं रमाइलो 

गाउँमा पिङ छैन 

केटाकेटीको हो हल्ला कम छ 

दुर्गा पूजा छैन 

रात्रिकालीन चहलपहल पनि कम छ 

 

उसै पनि दसैं पहिलेझैं छैन 

जमाना अनुसार रमझम 

साँघुरिँदै छ 

पहिले जस्तो निधार पूरै ढाक्ने गरी 

टीकाको क्षेत्रफल हुँदैन आजकल

निधारमा हुने टीकाको क्षेत्रफल 

साँघुरिँदै छ 

जसरी साँघुरिँदैछ दसैंको रमझम 

 

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १३:२२
सिफारिस
गगन र विश्वप्रकाशले महाधिवेशनको कुरा राख्दा देउवाले भने– सल्लाह गरौंला
गगन र विश्वप्रकाशले महाधिवेशनको कुरा राख्दा देउवाले भने– सल्लाह गरौंला
दुई जेनजी विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट
दुई जेनजी विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट
अमेरिकी दूतावासका कर्मचारीलाई महराको त्यो मेसेज, जुन सुन प्रकरणमा मुद्दा चलाउन बन्यो प्रमाण
अमेरिकी दूतावासका कर्मचारीलाई महराको त्यो मेसेज, जुन सुन प्रकरणमा मुद्दा चलाउन बन्यो प्रमाण
कसरी खारेजीको चरणमा पुग्यो निर्यातमा नगद अनुदान, सरकारले विगतको दायित्व पनि तिर्दैन?
कसरी खारेजीको चरणमा पुग्यो निर्यातमा नगद अनुदान, सरकारले विगतको दायित्व पनि तिर्दैन?
प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट, अब के गर्ला सर्वोच्चले? यस्तो छ पुरानो नजिर
प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट, अब के गर्ला सर्वोच्चले? यस्तो छ पुरानो नजिर
प्रतिनिधि सभा  विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट
प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा पर्‍यो रिट
प्रतिक्रिया दिनुहोस्

विचार

डा. पेशल खनाल
जेनजी आन्दोलनले त्रिविको बेथितिमा गरेको खबरदारी डा. पेशल खनाल
चेतनाथ आचार्य
भृकुटीले बनाएको मन्दिर पुग्दा जे देखियो चेतनाथ आचार्य
डा. अंगराज तिमिल्सिना
विगत ३५ वर्षमा हामी कहाँ चुक्यौं, अब कता जाने? डा. अंगराज तिमिल्सिना
अमित ढकाल
सुशीला कार्की र केपी ओलीको इगोले पैदा गरेको संशय अमित ढकाल

ब्लग

अमर अधिकारी
४२ वर्षअघिका हाम्रा ती दसैँ-तिहार! अमर अधिकारी
छपी पुन (छाया)
लहैलहैमा लाग्ने काम पनि राम्रो होइन रहेछ! छपी पुन (छाया)
मनीषमान श्रेष्ठ
उपचारपछि पनि किन स्विकार्दैन समाज? मनीषमान श्रेष्ठ
सरोज कुमार महतो
म सुरक्षित छु? सरोज कुमार महतो

साहित्यपाटी

सुशिला शर्मा 'शिलु'
मेरो देश र हराएको सपना! सुशिला शर्मा 'शिलु'
विवेक कार्की
उज्यालो बाटो! विवेक कार्की
किरण घिमिरे
अन्धकारमा उज्यालोको खोजी! किरण घिमिरे
नरेन्द्रनाथ भट्टराई
खण्डहर र बाढी: एउटा सपना! नरेन्द्रनाथ भट्टराई

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP