Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, भदौ १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

उ बेलाको दसैं

अच्युत शाली घिमिरे

अच्युत शाली घिमिरे

समय एकनासको हुँदैन

रोटेपिङ चै

घुमिरहन्छ,

र स्मरणमा रहिरहन्छ

ती दिनहरू

जस्का लागि दसैं एउटा चाड

मात्र होइन

सबै इष्टमित्र भेटघाट हुने 

अवसर बनेर आउँथ्यो।

 

घटस्थापनादेखि नै 

स्कुल बिदा हुन्थे,

घर पोत्न रातो माटो 

खोज्न गइन्थ्यो,

चुनाले घर रंग्याउन 

सबैलाई हतार हुन्थ्यो,

लाहुर गएकाहरू धमाधम

घर फर्किन्थे

सहर पढ्न हिँडेका दौतरीहरू

गाँउ फर्किन्थे

कस्को घर कत्रो खसी काट्न लाए

भन्दै हेर्दै हिँडिन्थ्यो

नयाँ लुगा र सिंगार पटारले

शरीर सजिन्थ्यो

टीकाको दिन रातैभरि

टुकी बालेर दक्षिण बटुल्न हिँडिन्थ्यो,

कस्ले कति पायो भनेर

खाम उप्काई उप्काई हेर्न हतार हुन्थ्यो,

प्रसादमा घरमा फलेका केरा 

खाँदा खाँदा उत्पात अघाइन्थ्यो!!

 

आजकल दसैं

फरक र भिन्न हुँदै गयो,

फेसबुकले नै

जमरा र टीका थाप्दै गयो

र युट्युबले आशिष दिँदै गयो,

समय यति परिवर्तन भयो कि

दसैंमा घर फर्किन

ऊ बहाना फेर्दै गयो

गाँउदेखि ऊ अघायो र

सहरमा नै रमायो,

गाउँ फर्किहाले पनि

उस्ले चौतारा भुल्यो

पधेँरो भुल्यो

मामाघर भुल्यो

आखिर ऊ फेरि

'एट माइ स्वीट होम' भन्दै

फेसबुकमा नै रमायो!

न पिङ न तास न त केही खास

भएन

आयो गयो

कसैले पत्तो पाएन,

ऊ सम्पन्न भयो

तर उस्ले सामूहिक्ता गुमायो

ऊ परिपक्व भयो

तर उस्ले बालापन गुमायो,

ऊ धनी भयो

तर उस्ले संस्कृतिमा गरिबी

भित्र्यायो!!

 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १९:१६
सिफारिस
सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम
सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम
आज यी स्थानमा भारी वर्षा हुने
आज यी स्थानमा भारी वर्षा हुने
सप्तकोसीमा बढ्यो जलसतह, खोलियो ३८ ढोका
सप्तकोसीमा बढ्यो जलसतह, खोलियो ३८ ढोका
ट्रम्पका सल्लाहकारले भने- विश्वकै ठूलो लोकतान्त्रिक देशको प्रधानमन्त्री भएर मोदी किन पुटिन र सीको पछि लागेको ?
ट्रम्पका सल्लाहकारले भने- विश्वकै ठूलो लोकतान्त्रिक देशको प्रधानमन्त्री भएर मोदी किन पुटिन र सीको पछि लागेको ?
अफगानिस्तानमा मध्यरातमा गएको भूकम्पमा परी २५० जनाको मृत्यु, ५ सयभन्दा बढी घाइते
अफगानिस्तानमा मध्यरातमा गएको भूकम्पमा परी २५० जनाको मृत्यु, ५ सयभन्दा बढी घाइते
नेपालभरि फक्रिएका रंगीबिरंगी च्याउ– कुनै खान हुने, कुनैले मताउने त कुनै औषधि बन्ने!
नेपालभरि फक्रिएका रंगीबिरंगी च्याउ– कुनै खान हुने, कुनैले मताउने त कुनै औषधि बन्ने!
प्रतिक्रिया दिनुहोस्

विचार

सुवास शर्मा
राष्ट्र बैंकले नवप्रवर्तनलाई निरूत्साहित गर्ने कि अवसरमा बदल्ने? सुवास शर्मा
डा. पेशल खनाल
त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना किन गर्ने, कसरी गर्ने? डा. पेशल खनाल
अमित ढकाल
श्रीमान, तपाईंहरू ठीक हुनुभयो भने धेरै कुरा ठीक हुन्छ! अमित ढकाल
राजन पाण्डे
ऐनले शिक्षक र कर्मचारीको मन चिसो नबनाओस् राजन पाण्डे

ब्लग

इन्द्र गुरुङ
डिजिटल संसारमा हराएको मानवताबीच मित्रता र सद्भावको एक अनुपम कथा! इन्द्र गुरुङ
ओमकुमार श्रेष्ठ
बन्दी बनेका पुस्तकहरू! ओमकुमार श्रेष्ठ
अर्जुन मोहन भट्टराई
भिडले अनाहकमा गराएको सय पटक उठबस! अर्जुन मोहन भट्टराई
बालकराम देबकोटा
यात्रा भित्रको यात्रा! बालकराम देबकोटा

साहित्यपाटी

मन्दिरा दाहाल
अनजान पत्र! मन्दिरा दाहाल
राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको कविता- भ्रम राजेन्द्र लिङ्देन
कुमाराज सुबेदी
नलेख्नु पर्ने कुरा! कुमाराज सुबेदी
सेतोपाटी संवाददाता
लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ माथि विमर्श सेतोपाटी संवाददाता

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP