Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, मंसिर २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

प्रश्न

बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना 'यात्री'।
बसन्त ढुंगाना 'यात्री'।

एक धर्को सिन्दुरको लागि कोही
आफ्नो मूल्यवान् जीवन बेच्छन्
रंगीन जिन्दगी बिताउन कोही
त्यै धर्को अडिने सिउँदो किन्छन्
यहाँ सिन्दुरको महत्व जीवन बेच्नेलाई थाहा होला
जीवनको महत्व चैं सिउँदो किन्नेलाई थाहा होला कि नहोला?

कसैको अलिकति मुस्कान किन्न यहाँ
कोही आफ्ना सपनाको घाँटी रेट्छन्
कोही आफ्नो सपनामा गहना थप्न यहाँ
नक्कली मधुर मुस्कान बेचिदिन्छन्
यहाँ सपनाको घाँटी रेट्नेलाई त मुस्कानको मूल्य थाहा होला
नक्कली मुस्कान बेच्नेलाई सपनाको मूल्य थाहा होला कि नहोला ?

अलिकति पैसा किनेर इच्छा जमाउन
कोही आफ्ना रगत पसिना बेच्छन्
कोही आफ्ना पैसाको चाङ-चाङ बढाउन
तिनैका रगत र पसिना किन्छन्
यहाँ पैसाको महत्व अपूरा इच्छालाई थाहा होला
त्यो चाङ बढाउनेलाई पसिनाको मोल थाहा होला कि नहोला?

शिक्षा किनेर शिक्षित बन्न बनाउन
कोही आफ्ना सम्पत्ति र सपना बेच्छन्
कोही भने आफ्नै धन र चाहना किन्न
रंगीन शिक्षाको देखावटी पसल थाप्छन्
शिक्षा किन्नेलाई त त्यसको महत्व थाहा होला
ती शैक्षिक दलालहरुलाई शिक्षाको अर्थ थाहा होला कि नहोला?

आफ्नो स्वाश्थ्य किन्नलाई यहाँ
थुप्रै छन् ऋणका भारी बढाउने
धनका भकारी बढाउनलाई यहाँ
धेरै छन् स्वास्थ्यका पसल थाप्ने
ऋणको भार स्वास्थ्य किन्नेलाई त थाहा होला
ती स्वास्थ्यका व्यापारीलाई यो कुरा थाहा होला कि नहोला?

घर परिवार धान्नलाई यहाँ
आफ्नै जवानी बेच्छन् कोही
जवानीको रस किन्नलाई यहाँ
श्री सम्पत्ति नै सक्छन् कोही
जवानी बेच्नेलाई त घरको महत्व थाहा होला
रस किन्नेलाई जवानीको महत्व थाहा होला कि नहोला?

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १२:०९
सिफारिस
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो...
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो...
महाधिवेशन स्थल आउँदा ओलीलाई नेसनल भोलेन्टियर फोर्सको सुरक्षा (तस्बिरहरू)
महाधिवेशन स्थल आउँदा ओलीलाई नेसनल भोलेन्टियर फोर्सको सुरक्षा (तस्बिरहरू)
विधान महाधिवेशनको निर्णय तीन महिनामै उल्ट्याउँदै ओली
विधान महाधिवेशनको निर्णय तीन महिनामै उल्ट्याउँदै ओली
५३१ घर–टहरामा डोजर चलेपछि यस्तो देखिएको छ हेटौंडा बजार, हेर्नुहोस् तस्बिरमा
५३१ घर–टहरामा डोजर चलेपछि यस्तो देखिएको छ हेटौंडा बजार, हेर्नुहोस् तस्बिरमा
पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ बनाउने गरी प्रस्ताव लैजाँदै ओली
पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ बनाउने गरी प्रस्ताव लैजाँदै ओली
विष्णु पौडेल र शंकर पोखरेलबीच सुलह प्रयास
विष्णु पौडेल र शंकर पोखरेलबीच सुलह प्रयास
प्रतिक्रिया दिनुहोस्

विचार

नारायण श्रेष्ठ
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो... नारायण श्रेष्ठ
किरणराज रिजाल
हात्ती किन जोगाउने? किरणराज रिजाल
केशव दाहाल
जेनजीहरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? केशव दाहाल
रमेश अधिकारी
नेपाली मतदाताका लागि एक ऐतिहासिक अवसर! रमेश अधिकारी

ब्लग

वसन्त आचार्य
एलन मस्कलाई खाजा खुवाउने साथी! वसन्त आचार्य
अमर अधिकारी
मलाई अब सम्मान र पुरस्कार पुग्यो! अमर अधिकारी
राजेन्द्र पराजुली
ऊ बिदेसिएको हैन, लखेटिएको हो! राजेन्द्र पराजुली
मनीषमान श्रेष्ठ
मानसिक अवस्था अनुहारमा देखिँदैन, सुधार केन्द्रलाई अस्पतालको दृष्टिले हेर्ने कि? मनीषमान श्रेष्ठ

साहित्यपाटी

सुरज खनाल
सपना हराएका गन्तव्यहरू! सुरज खनाल
प्रदिप सुबेदी
मेरो आँखामा नेपाल! प्रदिप सुबेदी
रविन न्यौपाने
जरुरी छैन तिमी सशरीर उपस्थित हुन! रविन न्यौपाने
हरि न्यौपाने (सुदिप)
मातृभाषा! हरि न्यौपाने (सुदिप)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP