गाथमा आराम कायम नै होला
सिङ्गमरमरको भित्ता र भुँइ भएको कोठा
आलीशान घुम्ने कुर्सीमा फिजारिँदा भित्ताका पात्रो नपल्टिएका होलान्
महिना मरेको कसोकसो हेक्का नभएको होला
देशलाई बोकी हिँड्ने ख्वामितका दुःख यस नाथेको सम्झमा नआएको होला।
अब देशलाई दिने समय आएको कुरो जाहेर भएकै हो
तनखा कै लागि जागिर, जागिर कै लागि निरन्तर गिट्टी कुट्ने घन
घन ठोक्ने हात दरो हुँदा पनि मनमा ढ्याङ्ग्रो बजेकै छ
सबै बज्यो, बजेन हजुरका घडी
फेरिएन पात्रो।
के को वेतन काम गर्न परेन मर्जी भएछ
कामका कुरा हातका ठेलाले बुझेनछ
गिट्टी फोर्दा दरफराएको औला अनि आलो घाउको पनि समझमा आएन
गरिबका कुरा भाषण भए अहँ सुनिएन
सुनियो त गाँउगाउँबाट उठ भन्ने गाना
हातमा कलम हुनेहरु कलम लिएर उठ
उठेर सरासर हजुरको शरणमा आएको छु
हजुरको निगाह एकपटक एता परोस् वेतन झरोस्।