मानिलिनुस्
यतिबेला शासक गिद्ध बनेको छ
र, चिथोरिरहेको छ- बाँचिरहेको देश। 
मानिलिनुस्
यतिबेला सिंहदरबार घाट बनेको छ
भरिएको छ जिउँदा लासहरूले 
र, गनाइरहेको छ- सिङ्गो देश। 
मानिलिनुस् 
हरिस पटाङ्गिएर निस्किए जस्तो 
बज्दैछ सत्ताको पट्-पट् विरही धुन 
अनौ फुक्लिएर 
उछिट्टिए जस्तो उखेलिएको छ- राष्ट्रवादको सिमाना
 
फाली टुक्रिएर 
बुचो बनेको हलो जस्तो 
बनेको छ देशको नाप-नक्सा 
यो समय 
माटोले मात्र देखेको छ-  एउटा सपना 
अनाजले चुलिएको मानोपाथी, ढाकर र भकारी हेर्ने 
तर, यसैबेला पसिनाहरू अनसन बसेको छ।