बागमती तिम्रो गौरव,तिम्रो वैभव कान्तिपुरी।
हिजो पनि,आज पनि,भोलि पनि।
जीन्दगीको यात्रा यहाँ सधैभरि।
सपनाको खोजीमा पुग्छन् सबै यहाँ।
केही पढ्नमा,केही काम र डुल्नमा।
केही व्यापार र अवसर खोज्नमा।
भन्छन् मन्जुश्रीले काटे उपत्यकाको ताल।
कालान्तरमा यहाँ बने मन्दिर,स्तुपा र बहाल।
गोपाल,अहिर,किराती,लिछिबी,मल्ल हुदै
शाह राजा संगै राणाहरूले गरे यहाँ राज।
यहाँ प्रत्येक ठाउँको छ स्वर्णीम इतिहास।
देवी देवता रमाउने छन् दन्तकथा।
जीवितै हेर्न सकिन्छ,माताको कुमारी रुप यहाँ।
देवा दी देव महादेव को यहाँ वासिस्थान।
१२ज्योर्तिलिङ़मा श्रेष्ठ पशुपतिको स्थान।
स्वयंभू र मठ,मन्दिरको यो शहर।
जात्रा,चाडपर्वले विश्व लोभ्याउँछ सधैभर।
सपनाका ति तिन शहर अब महानगर भए ।
हिजोका गाउँ किर्तिपुर, मध्यपुर,टोखा पनि नगर कहलाए।
ललितकला,कौशलको जिल्ला ललितपुर।
गोदावरीको प्रकृति,पाटन दरवारको मठमन्दिर र संस्कृति।
रातो मछिन्द्रनाथको जात्रा उत्कृष्ठ छ सबै भन्दा।।
भक्तपुर दरबार क्षेत्र विश्व सम्पदाको ठाउँ।
उत्तरमा शांखु,चांगुनारायण दर्शन गर्दै नगरकोट।
दक्षिणमा सूर्यविनायक,डोलेश्वर हुदै पुगिन्छ रानीकोट।।
काभ्रे पनैतीमा इन्द्रेश्वर,नमोबुद्धमा बुद्धको छ गाथा।
पलाञ्चोक भगवतीको दर्शनले पूर्ण हुन्छन् मनोकामना।।
नुवाकोट हुदै गोसाइँकुण्डको पवित्र स्नान।
रमणिय छ झरना गंगाजमुना,घरवास तामाङ बस्तीको।
अविश्मरणी रहन्छ यात्रा लाङटाङ,रुवी क्षेत्रको।
रामेछाप र दोलखाको संगममा शैलुङे डाँडा
बाँधिन्छ दौतरी यहाँ मन फुकाई प्रकृति संगै।
भोटेकोशी,सुनकोशी, तामाकोशी राफ्टिङ ले लिएको छ यहाँ गति।
दोलखा भिमेश्वर र कालिन्चोकको दर्शन,पूर्ण हुन्छन् भाकल।
जिरी बजार संगै धुम्न सकिन् यहाँ क्षेत्र गौरीशंकर।
सिन्धुपाल्चोक मै छन् पांच पोखरी र भैरवकुण्ड।
अदभूत छ पदयात्रा हेलम्बु देखि जुगल हिमाल सम्मको।
सिन्धुलीगढी नेपाल-अंग्रेजयुद्धको ऐतिहासिक धरोहर।
नेपाली योद्धाहरूले अस्तित्वको लागि लडेको थलो।
मकवानपुर चित्लांग र इन्द्रसरोवर वरीपरी।
ग्रामीण परिवेशका नयाँ घरवास थरिथरि।
मार्खुको डुङ्गा सैयरले फेवा यही सम्झाउंछ।
दामनको चिसो हावाले मोहनी नै लगाउंछ।
नारायणीको तिरैमा वाल्मीकिले लेखे रामायण।
माथि पवित्र देवघाट,तल त्रिवेणीमा छ वहाँ कै आश्रम।
सौराहा,मेघैली नजिकै देखिन्छन् वन्यजन्तु वरिपरि।
बिसहजारी ताल संगै चराचुरुगी,गैडाको छ वासस्थान।
सुन्नू भो! यस प्रदेशको अनमोल गाथा।
प्रत्येक स्थानको आफ्नै छ प्रशिद्धि र शान।
तर पनि हरेक व्यक्ति यहाँ सपना खोज्दै आई रहेछ।
सपनामा रमाई रहेछ,केही पूरा केही अधूरा।
जिन्दगीको यो यात्रा यहाँ सधैभरि...