हर दिन शुक्रबार थिए
ती पनि क्या दिन थिए
आज हर दिन शनिबार भए
शनि मन्डरायो, डरले घर गर्यो
हर दिन शुक्रबार नबनाऊ
प्रियजनसँगको समयमा मात्र लिप्त नहोऊ
जसै आफ्नाले सुझाए, शुक्रबार सुकाए
यु टर्न मारियो, बाटो मोडिए
आज शुक्रबार चुपचाप आउँछ
लुत्रुक्क पर्छ, फिस्स हाँस्छ
आएको गएको चाल पाउन सकिन्न
र पनि पुरानो फ्लेवर बिर्सदै बिर्सिन्न
पात्रोका पोका खुलेनन्
बार, साता, महिना हैन वर्षले नै काम पाएनन्
हर साता किन आउँछौ नूनचुक छर्न
शुक्रबार तिमी नआए हुन्न?