तिमी त भरखरै हो, साथी
म त युगौंदेखि संक्रमित छु।
सामाजिक कोरोनाले ग्रसित छु।
मेरो समाजै थला परेको छ
कोही अंगभंग छन्
कोही छट्पटाउँदै मरेको छ।
गाउँटोल छरछिमेक धारा मन्दिर
जताततै सामाजिक दूरी छ।
जताततै जात भाइरसकै चुरिफुरी छ।
आज होइन जन्मदेखि नै
म भयभित छु
म त्रसित छु।
तिमी त भरखरै हो, साथी
म युगौंदेखि ग्रसित छु।