राम थिए, हनुमान थिए
राम गए, हनुमान रहे
रावणलाई राम माने
लङ्का पुग्न पुल बनाए
तिनका रामले तेही पुल बेचीखाए
उनीहरुले चाँहि अशोक बाटिकामा उद्धुम मच्चाए
लङ्का त आगो लगाए, फर्किदा घर पनि बाँकि रहेन
पुष्पक विमानले चार्टड बाहेक अरू काम पाएन
गरिबका आँसुसँगै डलर साटियो
रामराज्य यहिँ हो भनी दिउँसै रात पारियो
सञ्जिवनी बुटी ल्याउन मै भयो लफडा
बाँचे भएन किन चाहियो हिसाव, दिइयो जवाफ कडा
कुरोका पोका नफुकाउँदै जाइलाग्ने वानरसेना
तिनका प्रभु न यता न उता, उनीहरुका नन्स्टप तानाबुना
जाँच, रोग अनि बचाऊ मै छ सकश
कुरो अझै जोड्ने पाताल अनि आकास
साथीहरु भरेका लागि गर्नुछ जोहो
नभए राम नाम सत्य नै हो