सम्झना आउँछ पूर्व मेची करिडोरको।
यात्रा हाम्रो चारआलीदेखि शुरु भाको।
हरकटे,कन्यामहुँदै पुगेँ फिक्कल बजार।
त्यैमाथि रहेछ प्यारो इलाम बजार।
सूर्यको पहिलो किरण झुल्किन्छ यसै आँगनीमा।
श्रीअन्तुदेखि सन्दकपुरसम्म देखिन्छ सूर्योदय र कन्चनजंगा।
पारि दार्जिलिङभन्दा कम छैनन् यी हाम्रा सम्पदा।
पाँचथर पुग्दा, छोइयो किराती गुरू फाल्गुनन्दको तपोभूमि।
हेर्न लायक छ, किँराती समूदायको सांस्कृतिक भूमि।
ताप्लेजुङमा,पाथिभरा माताको
दर्शनले पूर्ण गर्यो मनोकामना,
पुग्नैपर्ने ठाउँ रहेछ यस जीवनमा।
फुङलिङ बजार बेहुलीझैं सजेको,
कति राम्रा मान्छे, भुतुक्कै पार्ने त्यो मिठो बोलिले।
कोशेली पाईयो गुराँसको सर्वत, छुर्पी र चिजको डल्लो।
खाजामा पायौं, तरूल,फापरसँगै पिरो त्यो डल्लेको।
इलामको मिरमिरे बिहानीमा चियाबगान डुल्दाको मज्जा,
कन्यामको कुईरोमा मन हराएको व्यथा,
कसरी बिर्सू,ती सारा कथा मेची यात्राको।
हेर्नुहोस् तस्बिरहरू