उर्लंदै गएको यो जोवन!
ढाकेर ढाकिँदैन।
सम्झेर बसे के गर्नु,
त्यो समय फर्किदैन।
हिजो अस्ति गर्दागर्दै
जोवन पो ढल्नेभो,
हेर्दा हेर्दै ५ दशक पुग्ने भो।
खै! तै पनि मनले कहाँ मान्छ ?
म हैन, मेरा साथी पो बुढा भए।
म भन्दा बढि नै,
तालु र कपाल सेता फुलाए।
उर्लंदै गएको यो जोवन!
ढाकेर ढाकिँदैन।
कपाल कालो, के पार्नु
मुखका चाउरी जाँदैनन्।
मन तन्काउनु बेग्लै हो,
तन तन्काउनु कहाँ सकिन्छ र?
तन्नेरी हुदाँ सबैलाई,
मन मिलाउने मेलो पो,
बुझ्दै जाँदा,निभाउनु पो गाह्रो भो।
अब त अबेर पनि भईसक्यो,
तै पनि मन कहाँ मान्छ र?
पुरानै लयमा फर्कन खोज्छ नि।
फर्केर हेर्दा के पाए,
सम्झनाका पुलिन्दा,
जोवन हुँदा मत्याए,
साथीभाइले नै फुर्काए,
अब त एक्लै बस्नु छ।
बुझ्न कति सके खै कुन्नि?
मनको भाव यो।
भन्न पो कुरा न मिल्ने,
बुझ्दा पो बुझ्न सकिने।