कालीको वारि र पारि
एउटै छ संस्कृति,
देशको सिमाले छुट्याए होला,
छैन मन भित्र कुनै विमति।
हाम्रा चाड पर्व, देवालय साझा,
देवी देवताको पूजा पनि
दुइटै ठाँउमा नगरि छन् आधा।
गौरामाताको पूजा वारि र पारि,
मनाउँछौ दुवैतिर मनभरी।
तराईका रैथाने थारू बसेछन्,
वारि र पारि,अपनाउँदै एउटै कला र संस्कृति।
देश छुट्टाछुट्टै भएर के भो?
हाम्राे रोटी र बेटीको सम्बन्ध,
आज हैन परापूर्वकालदेखि कै हो।
मनदेखि रगतले गाँसेका सम्बन्ध,
तुईन काटी नछोट्याउँ।
आज आए भोलि जाने
सिमाका यी कर्मचारी,
हाम्रा नातागोता के बुझ्नु,
तुईन रहर नभई,बाध्यता कहाँ भेउ पाउनु ।
हाम्रो सिमाका विवाद,
दुइटै मिली सुल्झाऔं ,
नमिल्ने के नै छ र?
उहिलेदेखि बसेका हामी दुई भाइ जसरी।
जल र विद्युतको अपार सम्भावना,
बोकेको महाकाली पञ्चेश्वर योजना,
दुइटै मिली झट्ट शुरु गरौं यो योजना।
विद्युत र पर्यटन दुइटैका,
साझा सम्भावना,
एकले अर्कोलाई सघाए,
फड्को हान्ने छन् दुइटैका सपना।
देश र जनता मिलेर बसौँ
कालीको वारि र पारि,
देशको सिमाले छुटाए होला,
छैन मन भित्र कुनै विमति।