घाम जसै रापिलो हुँदै थियो
पर क्षितिजमा फैलिदैं थियो
साथी आयो भन्यो 'यो अन्धकार भयानक छ'
दिउँसै रात पार्ने उसका कुरा बिके
विवेक बिके, वर्षौंका अनुभव बिके
कालो रात चिर्ने साथीका कुरो वाहीवाही भैराख्दा
घामले पोलेको टाटो देखिएन
पसिनाले निथ्रुक्क भिजेका ज्यान देखिएन
देखियो अनि भेटियो त निरोका बाँसुरी
हैन यो उज्यालो हो भन्दा सजायंका भागिदार बनाइयो
मुकाम तय नै नभई डाँडा कटाइयो
उज्यालाका कठिन परिश्रम भयो मिथ्या भ्रम
भित्ताका तक्मा, कदर खिस्स हाँस्दै
ग्रहण गर्ने घाँटी, त्यसमा बिराजमान टाउको
टाउको भित्रको गुदीसम्मलाई लोप्पा जसै खुवाए
दिउँसै रात नदेखेकोमा ग्लानी भयो
सबै गल्ती मेरै भो ख्वामित
अनि काला चस्मा नलगाई भो?