विदेशको कमाई!
एक हातले कमाउँदै,
अर्को हातले गुमाउँदै छौं।
विदेशीएर कमाउने हामी,
चालिस लाखभन्दा बढी पुगेछौं।
हिजो गाउँ,टोलको कथा थियो,
आज घरघरको कहानी बन्न पुगेछ।
विकास होस् वा रेमिट्यान्स,
अर्को कै भरमा चल्दो रहेछ।
अब रेमिट्यान्सको योगदानक त,
अर्थतन्त्रमा एक चौथाई पुग्न लागेछ।
तर के देश बन्यो त?
बन्ने केही सूचकांक बने त?
गाउँका खेतबारी बाँझो राखी,
पुगे सबै काठमाडौं र सदरमुकाम भरि।
जहाँ गर्छन् आम्दानी भन्दा खर्च बढी।
कमाएको पैसा आयात मै गयो।
एक हातले कमाएको,
अर्को हातले गुमाउँदै छौं।
विदेशी लता कपडा,मोटर गाडी सबै,
घरघरका शान भएछन्।
प्रगति र प्रतिष्ठाको निसान भएछन्।
कहिलेसम्म चल्छ,
हाम्रो यो रजाई?
यस देशमा हामी केवल,
विदेशीन मात्र जन्मेका हौ?
मार्तभूमिको काखमा,
पलायन हुन नै हुर्केको हौ?
खै त आत्माको,कुरा सुनेको,
आफ्नौ बल बुद्धि,यसै भूमिमा अर्पेको।
देश बनाउने जिम्मा सबैको,
कुन सत्ताले के गर्यो?
इतिहासले लेखाजोखा गर्ने नै छ।
के तपाईँ हामी केही गर्न सक्दैनौं?
के तीन वटै सरकारको आँखा खोल्न सकिदैंन?
सुरूवात घरबाटै हुनुपर्छ,
स्वदेशी सामानको उपयोग,
विदेशी पैसाको सामुहिक लगानी,
आउने पुस्ताको खेर न जाओस जवानी।।