बढ्दो उमेरको तनाव,
हामीहरूबीच बढ्दो छ
शरीरको नियमित प्रकृयालाई,
सक्दो रोकी राख्ने प्रयास जारी छ।
सैंकडौं कम्पनीका विज्ञापनहरू यसै तर्फ छन्,
हाम्रा पनि डेन्टीङ पेन्टीङ नियमित नै छन्।
चाउरी परेका गाला तन्काउन,
कपाल रंगाउन, पेटभित्र हाल्न,
जे गरे नि , तन संँगै मन तन्काउनु जरूरी छ।
मानव शरीरको यस जीवन यात्रामा,
रूप,यौवनको समय अति सिमित छ
तर हेरौं भने,हरेक उमेरको चरणले,
आफ्नै सौन्दर्यता झल्काउँदो रहेछ।
तनका आँखाले मात्र हैन,
मनका आँखाले नै हेर्नु यहाँ जरूरी छ।
तन चम्काएर मात्र पुग्दैन,
मन चम्काउन
राम्रो सोच,उमंग र मनोबल जरूरी छ,
मनले जिते जित,मनले हारे हार,
नबिर्सी सम्झनुहोस् बारम्बार।
बढदो उमेरको तनाव सर्वत्र जारी छ,
सम्झीबुझी चले अत्यन्त सरल,
नत्र जीवन अत्यन्त भारी छ।
मन बुद्धि को साँचो हो।
तन प्रकृतिको बरदान,
अजम्बरी कोही हुदैनन्,
त किन लिनु परयो उमेरको तनाव!