चिसियर बाक्सामा हैन!
छिट्टै फर्कि आउनेछु!
ए मेरी प्रेयसी,
पर्खी बस है राम्ररी!
छिट्टै फर्कि, फुकाईदिउँला सबै ऋणको भारी,
मेटाई दिउँला तिम्रा सबै दुःख पिर,
फर्काइ दिउँला त्यो तिम्रो हाँसो,
राख्ने छैन तिम्रो कुनै गुनासो।
त्यहाँ पुग्थ्यो त किन आउथेँ?
छोडी त्यो प्यारो संसार!
सँधै सम्झी बसी रहन्छु,
ती सबै स-साना व्यवहार।
बुझाउँदा बुझ्दैन,
नबुझ्ने,यो मन मेरो,
पुगिराख्छ सँधै तिम्रातिर,
के गरी फर्काउ
जान्दैन यो मन मेरो।
मैले त उहीँ जुनी हारेँ,
त्यसैले सँगै नबस्नु रहेछ,
भाग्यको मेलो।
भोलिका दिन हाम्रा राम्रा, कसरी नआउलान्,
मन थामी राखेस,ए मेरी प्रेयसी!
झल्काई दिउँला सुनैको बाला,तिलहरी र हार,
फर्काइ दिउँला जे जति तिर्नु छ आज।
अभागी मैले,दुःखैले छोडेँ,त्यै धरती सम्झेर,
दुई कित्ता किनौंला,मसिनो खाँउला,सँगै रमाउँला,
भन्दैमा बिते दिन मेरा सारा,
तै पनि यो जुनी खेर, जानदिने छैन।
भाकि राखेस् देवी र देउता,
चिसियर बाक्सामा हैन
गोजीले बलियो भईकन नै आउँछु,
छिट्टै नै फर्कि दुःख सबै मिटाउँछु।