हाम्रो खुसी केमा छ?
के हामी आफैं भन्न सक्छौं?
त्यो खुसी कहिलेसम्म रहन्छ?
हिजोको खुसी,आज सामान्य लाग्न सक्छ।
हिजोको लक्ष्य आज फुच्चे देखिन्छ।
आखिर मनले के खोजिरहन्छ?
एक पछि अर्को लक्ष्य उभिईरहन्छ।
एउटा लक्ष्य पाउँदाको खुसी,
अर्को पाउँदा के त्यहीँ नै रहन्छ?
कस्तो अनन्त यात्रा,
जहिले पनि खुसीलाई पन्छाउँदै,
उमेरका पाईलाहरु सारी रहन्छौं,
हिजो पुगेको त्यो पहिलो खुड्किलोमा,
आज पुग्दा खुसी हराउँछ,
हिजोको सफलतालाई लत्याउँदै,
फेरि अर्कै खुसी तिर लम्किन चाहन्छ।
कोही आफैं ठूलो देखिदैंमा खुसी,
कोही रमाइलो गर्दैमा खुसी,
त कोही अर्कोको खुसी खोस्दैमा खुसी।
आखिर खुसी कहाँ रहेछ?
पहिलो चोटि लक्ष्य पाउनमा कि?
त्यसलाई आफ्नो बनाई राख्नुमा?
खुसीको त कुनै सीमा नै छैन,
स-साना कुराले नै ठूलो आकार लिन सक्छ।
भैतिक सुख सुविधाको खुसी के खुसी?
मनको खुसी पो वास्तविक खुसी
मनको सन्तुष्टिले नै,
यस यात्रामा केही विश्राम दिन सक्छ,
नत्र मृगृतृष्णा झै भौताँरीनु त छदैंछ।