धन्न अंग्रेज! के सिकाई गईस्!
ज्ञान भन्दा ठूलो आफ्नो भाषा बनाई गईस।
क,ख सिक्नु तेतिकै ठूलो,
त्यस माथि ए,बि,सि,डी पढाई गईस।
विषयवस्तुको ज्ञान एकातिर,
अंग्रेजीको ज्ञान अर्कातिर,
अंग्रेजी नजान्ने लाई लाटो नै भयो।
राम्रो जागिर अंग्रेजी नभई हुन्न!
विषयवस्तुको कसलाई पो यहाँ मतलब,
जसले फरर अंग्रेजी बोल्छ,
मान त्यसैले सबै कुरा जान्छ।
अर्काको भाषा संस्कृति पछि लाग्दा,
हामी घरको न घाटको भयौं।
भाइलाई ब्रो,बा लाई पा भन्ने नयाँ पिंढी,
संक्रान्ति मनाउनु भन्दा,न्यू इयर र भेलेन्टाइनमा दंग
अर्काको पछि लाग्दा लाग्दा,
कहिले गोर्खे,कहिले बहादुर भएछौं।
आफ्नै भाषा संस्कृतिको बिँडो कसले पो थाम्ने हो?
आज भारत, भुटान, बर्मामा,
नेपाली भाषा र संस्कृतिको केही अंश देखिन्छ,
तर घरभित्र चै तिब्र रुपमा अंग्रेज हुँदैछौं ।
आफ्नो भाषा संस्कृति भन्दा,
पश्चिममी रंगमा रमाउँदै।
अर्काको भाषा संस्कृतिमा गर्व ठान्दछौं।
अर्काको भाषा सिक्नु राम्रो हो!
तर आफ्नो शिक्षा र समाज त्यतै डोर्याउँदै,
सनातन विद्या र बुद्धको ज्ञान छोडी,
अर्कोको पछि लाग्नु कति जाति ?