कुखुरी काँ गर्नेहरुलाई बासी भातका निम्ति
मुसाका पछि लागेको बिरालो देखाइयो
बिरालो हैन मुसो भनियो
मुसाको दुलो, दुलो कुल्चने गाई
गाई बगाउने खोलोलाई समेत पछ्याउँदा
हिउँदका खोला सुके
खोला त सुक्यो, कुखुरी काँ नरोकियोस्
माग लेखियो, कालो तुल टाँगियो
तिम्रा तुलले फरक पर्दैन, राखेर भित्ता फोहर नगर
दम्भ बोल्यो, अहंकार गर्जियो
माग पुरा भएन, तुल मक्कियो
जिर्ण तुलले कुखुरा र बासी भात सम्झायो
खोले, भात र भुजाका फरक पनि अथ्र्यायो
तुल राखेर फरक नपार्नेलाई भित्रभित्रै बिझायो
पोल्यो, औडाहा बनायो
खोला सुकाउन सक्नेले माघमा चैते हुरी ल्याए
तुल कोसौंं पर नभेटिने गरी उडायो
उडायो तुल उडाएन सपना
फेरि तुल टाँगियो अनि सुकेका खोलाका पछि लागियो