बिहानै उदाउने घामले उर्जा दिँदै
तिमीमा ताप भरेको छ
माटो र देशले तिमीलाई सुस्तरी
सुस्तरी बोलाउने गरेको छ
तिमी जाँदैछौ हातमा पासपोर्ट बोकी
आफ्नो माटो र सीमा नाघेर
नेपाल आमा दुखी हुँदैछिन् यता
कतै छोरो नफर्कने पो हो कि भनेर
वीर गोर्खालीको इतिहास ब्युँझाउनु छ
तिमीले अब बेला भैसक्यो
देशमा महंगी, भ्रष्टाचार
र अपराधले आकाश छोइसक्यो
माटोको कसम खाएर तिमीले
गर्नुछ आज एउटा बाचा
जनताका लागि अगाडि बढेर
बदल्नु छ देशको ढाँचा
भुलिदेऊ खाडी, भुलेदेऊ अमेरिका
बिर्सिदेऊ संसार
हिम्मत गर्नैपर्छ तिमीले
आफ्नै देश सुधार्न समयअनुसार
जनताका न्याय माग, अधिकार माग
लड मुक्तिका लागि
हे नौजवान युवाहरू जाग अब
नबस जिम्मेवारीबाट भागी।