Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, असोज ३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ऋणमोचन!

मणिकुमार श्रेष्ठ सिजन

भदौ २३

ऋण नखाएको ऋणी हुँ 
बाजे 
यसो भन्दै भन्दै 
धर्तीबाट विलीन भए
बाजेको अनुहार त देख्न पाइनँ
तर बाजेसँगै 
पौरखी संस्कार पनि घट्दै गयो 
उब्जाउ भूमिहरू 
उराठ लाग्दा देखिन थाले। 

बाजे बितेपछि 
बाजेका सन्तानहरूमा
छुट्टै मोह बढ्न थाल्यो 
विदेशका ठुला–ठुला
कम्पनीमा काम गर्ने 
रहरसँगै 
गाउँमा युवाहरू देखिन छाडे 
भएका युवाहरू पनि 
कुलतका सिकार हुन पुगे 
कोही गाउँमै बसेर बिग्रिए
कोही सहर पसेर 
उतै हराए। 

सहर पसेकाहरू 
कोही 
आफ्नै देश परिवर्तन गरी 
गाउँलाई चटक्कै माया मारी 
तेस्रो देश पुनर्वास हुनसम्म भ्याए
गाउँमा बसेर कुलतमा फसेकाहरू
कुलतबाट त निस्किए
जब उसले थाहा पायो
 कुलतमा थिएँ भनेर
त्यस बेला उसलाई आफ्नाले नै 
छाडिसकेका थिए।

कुलतमा फसेको कारणले 
उसले आफ्नाहरूलाई छुट्टै 
ऋण बोकाएको छ 
त्यही ऋणमोचनका लागि 
उसका सन्तान
आज पनि 
विदेशका गल्ली गल्लीहरूमा 
कुल्ली भएर कुदिरहेको छ 
के थिएन र मेरो देशमा 
पानी थियो, सिँचाइ थिएन
बल थियो, श्रम थिएन
श्रमिक थियो, ज्याला थिएन
उब्जनी थियो, विनिमय थिएन
बिरुवा थियो, जंगल थिएन
सरकार थियो, आकार थिएन। 

बाजेले उबेला 
रोपेको सुन्तला अहिले पनि खान मिल्छ
तर 
हाम्रो संस्कारले फूल रोप्न सिकाएन
लगाउन सिकायो 
लगाउनका पछि दगुर्दा दगुर्दै 
बाजेको सन्तति सकियो
बाको पनि सकियो 
अब त हामीले उठ्ने 
बेला भएको छ। 

बाजेले रोपेका बिरुवालाई
सम्हाल्दै नयाँ बिरुवा लगाउनु छ
बाको सन्देश लिएर 
नयाँ उजागर गर्नु छ 
परदेशिएका सन्तानहरूलाई
देशमै केही गर्न सकिन्छ
भनेर देखाउनु छ। 

किन हुन पर्‍यो शरणार्थी हामीले
किन जानु पर्‍यो ज्यामी बनेर 
गरौँ आफ्नै देशमा कुल्ली अनि 
ज्यामीका कामहरू गरौँ
काम सानो-ठुलो हुँदैन
स्वाभिमान ठुलो हुन्छ
आफ्नो देश ऋणमा डुबेको बेला
हामीले सहारा दिएर 
बनाउनु छ देशलाई 
सुखी र समृद्धि
ल्याउनु छ नयाँ बिहानी
सदा सदाको लागि
ऋणमोचन गरेर। 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:०८
सिफारिस
राष्ट्रपति पौडेलको पछिल्लो कदममा के भने प्रथम राष्ट्रपतिले?
राष्ट्रपति पौडेलको पछिल्लो कदममा के भने प्रथम राष्ट्रपतिले?
विष्णु पौडेल सहित पहिलेका अर्थमन्त्रीले भने पनि गर्न नसकेको काम
विष्णु पौडेल सहित पहिलेका अर्थमन्त्रीले भने पनि गर्न नसकेको काम
पुसभित्र नयाँ संसद भवन तयार गरिने
पुसभित्र नयाँ संसद भवन तयार गरिने
संविधान दिवसमा किन सार्वजनिक भएनन् ओली?
संविधान दिवसमा किन सार्वजनिक भएनन् ओली?
पार्टी पुनर्गठनका लागि तोसिमा कार्कीको चार बुँदे प्रस्ताव
पार्टी पुनर्गठनका लागि तोसिमा कार्कीको चार बुँदे प्रस्ताव
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
प्रतिक्रिया दिनुहोस्

विचार

भोजराज पोखरेल
यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! भोजराज पोखरेल
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल
रमेश अधिकारी
चुनौतीका चाङबीच फागुन २१ मा कसरी गर्ने चुनाव? रमेश अधिकारी
चेतनाथ आचार्य
हिमालपारि बसेर जलिरहेको नेपाल नियाल्दा चेतनाथ आचार्य

ब्लग

सुशिला थापामगर
ढिला भएन र बा-आमा घुमाउन! सुशिला थापामगर
खेम गैह्रे
मैले सहर रोजेँ, छोराले विदेश रोज्ला! खेम गैह्रे
किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे
साजना तामाङ कुँवर
छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा! साजना तामाङ कुँवर

साहित्यपाटी

सुदृष्टी चापागाईं
संविधान दिवसको शुभकामना! सुदृष्टी चापागाईं
गोपी मैनाली
त्यसैले म साहित्य पढ्छु! गोपी मैनाली
अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल
वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP