साँचेको थिए
एक मुठ्ठी माटो
राष्ट्रोत्सव मनाउन सकूँ
सँगालेको थिएँ
एक मिटर कपडा
एक जुगमा एक दिन
राष्ट्रिय झन्डा
फहराउन सकूँ।
स्वाभिमानका प्यालाहरू
क्रान्तिको उत्सवमा
पिउन सकूँ
फिँजाएको थिएँ
इमानका द्योतकहरू
एक दिन
नेपाल आमासँग
पुर्याउन सकूँ
तयारी अवस्थामा थिए
कठबाँसहरू
सीमा रक्षकसम्म पुर्याउन सकूँ
तर,
अफसोस
सपनाहरू क्षणभङ्गुर भइदिए
निमेषभरमै
वर्षौँदेखि साँचिएका
हर्षोल्लास र दीपावलीका सपना
सपना नै रहेर गए।