आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
च्यात्तिएको मेरो मनलाई म आफै सिलाउँला
त्यो प्रदूषित मनलाई लिई अब आफ्नो बाटो समाऊ
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
कुभलो त सोच्दिनँ म तिम्रो बारे कहिल्यै पनि 
जसलाई रोज्यौ उहीसँग खुसी खुसी जीवन बिताऊ
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
तिमीतिर फर्किनलाई ढिला गरेँ मैले पनि
समयलाई दोष दिई अब आफ्नो कुरा बनाऊ
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
बाटो टाढा, धेरै ठुलो, केही बेर त अलमलिएँ
तिमीले बाटो मोडिहाल्यौँ, जता रोज्यौ उतै रमाऊ 
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
तिम्रो लागि मै छु नि है भन्ने गर्थ्यौँ हामी दुवै 
अब कोही अर्कै ल्यायौ, उसैसँग संसार बसाऊ 
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
बिछोडको कल्पनामा पीडाबोध गर्थ्यौ तिमी 
यस्तो भ्रम फैलाउँदै जाऊ, भ्रमको नै खेती जमाऊ 
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
मेरो काँध खोज्ने टाउको उसको काँधमा अट्यो होला 
मेरो हात खोज्ने हातले, अब उसकै हात समाऊ
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
झुटो हो यो भन्छौ भने फेरि आउने वाचा भयो 
मिल्नेसम्म मौका पाऊँ, सबै रिस यहीँ जलाऊ
आशा देखाऊ, छोड अनि जाऊ
बिन्ती अब कहिल्यै नआऊ
बिन्ती अब कहिल्यै नआऊ।