कविता 
निदबाट जुरूक्क उठेँ 
जुरूक्क उठ्दा मेरा सपना पनि उठेँ 
म सपनाको पछि भागेँ 
सपना मेरा अघि भागेँ 
हामी दुबै भागेका छौं
सडकले नभाग भन्दैन 
खुट्टा थाक्न थालिसके 
गन्तव्यको अत्तोपत्तो छैन
ट्याक उभिन्छ खुट्टा 
अगाडि जान्न भन्छ
सपनाले जिद्दी गर्छ
मस्तिष्क बीचमा आउँछ
बाध्यता अनि विवशताको
सत्यता अनि झुटको पर्दाको बीचमा
सपना, खुट्टा र मस्तिष्क अल्झिन्छ
लाग्छ सपना सकियो, खुट्टा भाँचियो 
त्यहीबेला आउँछ एउटा देशको शासक
खुट्टा टेकाउन,सपना बुन्दिन 
मस्तिष्कलाई सोच्न बाध्य बनाउन
शासकले मस्तिष्कमा सुइँ हान्छ 
सुइँको असर सपनामा पर्छ 
खुट्टाले भन्छ म दौडन तयार छु
अनि बुनिन्छ एउटा जालो 
शासक भन्छ देशको सपना बेच 
विदेशमा आफ्नो सपना साँझउ 
थाकिसकेको देशको सपना 
भाँचिन लागेको खुट्टा
शासकले खाएको मस्तिष्क
शासक कै अगाडि हारेर
अनि बेचिन्छ विदेशमा
शासककै सेटिङमा परेर 
विदेशी श्रमिकको ट्याग लाग्छ
छोड्छ देशको सपना 
विदेशी जहाजमा उडेर