Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, मंसिर २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

पैंचो

सिर्जना सुवेदी

दुर दराजबाट

मैलो र फाटेको लुगामा सजिएर

आफूलाई धकेल्दै आफैंले

हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

सिंहको गर्जन चल्ने ठाउँमा।

 

पैसा कमाउने आशले

ऊ आएकी होइन

गाँसबासको समस्या त

झेलिसकेकी छ उसले पहिल्यै

यो सिंहको गर्जन चल्ने ठाउँमा

आफू पनि खोल ओढ्ने सिंह झैं भएर

निमुखा तर्साउन आएकी होइन

ऊ त केवल पच बनाएको

पैंचो फिर्ता लिन आएकी हो।

 

वर्षौं पहिले

उसको बाको आरनबाट

एक हुल मानिसले हँसिया हतौडा पैंचो ल्याएका थिए

फिर्ता गरेनन्,

केही समय अन्धकारमै बस भन्दै

उज्यालो दिने सूर्य पैंचो ल्याएका थिए,

रातमा मनै खुसी बनाउने

आकाशका तारा ल्याएका थिए

उखरमाउलो गर्मीमा सुस्ताउने

एउटै वृक्ष थियो

उसको खेतको आलीमा

त्यो पनि पैंचो ल्याएका थिए

आजसम्म कसैले फिर्ता गरेनन्।

 

उसको घरको दुहुनो गाई

बाँझो जोत्ने हल गोरु र हलो

सबैसबै उनीहरुले पैंचो मागेका थिए

ती सबै पैंचो उठाउन ऊ यहाँ आएकी छ।

 

ज–जसले लगेका थिए पैंचो

भेटिन्छन् सबकासब आजकल

यही सिंहको गर्जन चल्ने ठाउँमा।

 

'गाउँको खेत बाँझो छ

खलियान वनमासा घारी भो

खै पैंचो लगेका मेरा हतियार,

मेरो रगत पसिना,

मेरो जोशजाँगर

तुरुन्त फिर्ता गर्छु भन्थ्यौ,

पचाउनै पो आँट्यौ!ʼ

 

सिंहका खोल ओढेकाहरू सामुन्ने

हर्ककी छोरी चिच्याउँदैछे

'पैंचो ल्याएको हाम्रो सामान

मतपत्र र पर्चाहरूमा सजाउन पुग्यो अब

झट्टै फिर्ता गर

हाम्रो पैंचो फिर्ता गर।ʼ
प्रकाशित मिति: शनिबार, भदौ ३, २०७४  २०:५६
सिफारिस
केपी ओली भर्सेस ईश्वर पोखरेल– निकटता र तिक्तताको कथा
केपी ओली भर्सेस ईश्वर पोखरेल– निकटता र तिक्तताको कथा
सल्लाघारीबाट एमालेले दिएका ४ सन्देश
सल्लाघारीबाट एमालेले दिएका ४ सन्देश
मेसीको भारत टूरमा पहिलो दिन नै हंगामा, स्टेडियममै कुर्सी र बोतल फालाफाल
मेसीको भारत टूरमा पहिलो दिन नै हंगामा, स्टेडियममै कुर्सी र बोतल फालाफाल
सुदूरपश्चिममाथि सानदार जित निकाल्दै लुम्बिनी बन्यो एनपिएल च्याम्पियन
सुदूरपश्चिममाथि सानदार जित निकाल्दै लुम्बिनी बन्यो एनपिएल च्याम्पियन
भदौ २४ को घटना राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र- ओली
भदौ २४ को घटना राज्यको मेरूदण्ड भाँचिदिने षड्यन्त्र- ओली
जेनजी आन्दोलनपछि भइरहेको एमाले महाधिवेशनबारे के भन्छन् जेनजी प्रतिनिधि?
जेनजी आन्दोलनपछि भइरहेको एमाले महाधिवेशनबारे के भन्छन् जेनजी प्रतिनिधि?
प्रतिक्रिया दिनुहोस्

विचार

किरणराज रिजाल
हात्ती किन जोगाउने? किरणराज रिजाल
केशव दाहाल
जेनजीहरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? केशव दाहाल
रमेश अधिकारी
नेपाली मतदाताका लागि एक ऐतिहासिक अवसर! रमेश अधिकारी
चेतनाथ आचार्य
जसले हजारौं वर्षदेखि जोडिरहेको छ नेपाल र चीनलाई चेतनाथ आचार्य

ब्लग

वसन्त आचार्य
एलन मस्कलाई खाजा खुवाउने साथी! वसन्त आचार्य
अमर अधिकारी
मलाई अब सम्मान र पुरस्कार पुग्यो! अमर अधिकारी
राजेन्द्र पराजुली
ऊ बिदेसिएको हैन, लखेटिएको हो! राजेन्द्र पराजुली
मनीषमान श्रेष्ठ
मानसिक अवस्था अनुहारमा देखिँदैन, सुधार केन्द्रलाई अस्पतालको दृष्टिले हेर्ने कि? मनीषमान श्रेष्ठ

साहित्यपाटी

सुरज खनाल
सपना हराएका गन्तव्यहरू! सुरज खनाल
प्रदिप सुबेदी
मेरो आँखामा नेपाल! प्रदिप सुबेदी
रविन न्यौपाने
जरुरी छैन तिमी सशरीर उपस्थित हुन! रविन न्यौपाने
हरि न्यौपाने (सुदिप)
मातृभाषा! हरि न्यौपाने (सुदिप)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP