नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरर्गत उपसभापति पदको उम्मेदवारको मत गणना सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरू भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। पार्टी कार्यालयको माहोल भने सुनसान छ। भित्र उपसभापतिको मत गणना भइरहेको भएता पनि बाहिर भने माहोल सुनसान छ।
घिमिरेकाअनुसार आज उपसभापतिका उम्मेदवारको मात्रै मत गणना हुनेछ।
महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए।
गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।
कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।
तस्बिरहरू: