नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति छान्न अहिले मतगणना भइरहेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको थियो।
अहिलेसम्म ३०० मत गणना हुँदा सबैभन्दा धेरै धनराज गुरूङले १३१ मत ल्याएका छन्।
दोस्रोमा पूर्णबहादुर खड्काले १२८ मत ल्याएका छन्। उनलाई विजय गच्छदारले १२२ मत पाएर पछ्याइरहेका छन्। त्यस्तै चन्द्र भण्डारीले ९५ मत पाएका छन्।
सुजाता कोइरालाले ३६ मत पाएकी छन् भने २५ मत महेश आचार्यले पाएका छन्।
दिव्यश्वरी शाहले ६ मत पाएकी छन्।
एक मतदाताले उपसभापतिमा दुई जना उम्मेदवारलाई भोट हाल्न पाउँछन्।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।