नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि अहिलेसम्म ३२ सय मतगणना भएको छ।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेकामा सबभन्दा तल्लो तीन स्थानमा सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले ३२ सय मत गन्दा ३२७ मत ल्याएका छन् भने प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी कोइरालाले ४६२ मत ल्याएकी छन्।
विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा सबभन्दा पछाडि छन्। उनले जम्मा १२२ मत पाएकी छन्।