नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेको छ। आठमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ।
अहिले मतगणना भइरहेको खस/आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौर अगाडि छन्।
१९९५ मतगणना हुँदा उनले शेखर कोइराला समूहका देवराज चालिसेलाई पछि पारेका छन्। राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।
आज थारू, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।