नेपाली कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ। केही जिल्लामा अधिवेशन नभएपछि रोकिएको प्रदेश २ को अधिवेशको नयाँ मिति तोकिएको हो।
निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार निर्वाचन समितिले मंगलबार र बुधबार गर्ने तय भएको अधिवेशनका लागि तयारी थालिसकेको जानकारी दिए।
प्रदेश २ का सर्लाही, महोत्तरी, रौतहट र बारामा क्षेत्रीय अधिवेशन समयमै नहुँदा प्रदेश अधिवेशन रोकिएको थियो।