उमाकान्त चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका छन्।
शुक्रबार सकिएको सहमहामन्त्रीको मतगणनामा उमाकान्तले थारूतर्फको सहमहामन्त्रीमा तेजुलाल चौधरीलाई हराएका हुन्।
उमाकान्तले २७५६ मत ल्याउँदा तेजुलालले १८७७ मत पाए।
कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका उमाकान्त पार्टीमा नेता कृष्णप्रसाद सिटौलानिकट हुन्।
सिटौला समूहले देउवालाई सघाउन महामन्त्री र सहमहामन्त्रीमा एकेक पद लिएको थियो। देउवासँग मिलेर महामन्त्री उम्मेदवारी दिएका प्रदीप पौडेल पराजित भएका छन्।