राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरू हुने भएको छ।
निर्वाचन समितिका अनुसार मतगणना शनिबार बिहान १० बजेदेखि पार्टी कार्यालय सानेपामा सुरू हुने भनिएता पनि केहीबेर ढिलो गरी सुरू भएको हो।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार भएको निर्वाचनमा खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए।
यसअघि कांग्रेस १४ औं महाधिवेशनमा सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन्।