राप्रपामा अध्यक्ष पदमा उम्मेदवारी दिँदा एक लाख रूपैयाँ शुल्क लाग्ने भएको छ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै उपाध्यक्षका लागि दर्ता शूल्क ७५ हजार र महामन्त्रीका लागि ५० हजार दर्ता शूल्क लाग्ने निर्वाचन समितिका सदस्य राजु बस्नेतले सेतोपाटीलाई बताए।
यस्तै सदस्य पदका लागि १५ हजारका दरले शूल्क तोकिएको छ।
उठेको रकम महाधिवेशन व्यवस्थापनमा खर्च गरिने पार्टीले जनाएको छ।
भृकुटीमण्डपमा महाधिवेशन जारी छ। मनोनयन दर्ता आज र भोलि मतदान हुनेछ।