गोरखाको उत्तरी भेगमा बुधवारदेखि हिमपात भइरहेको छ। हिउँ परेपछि आलुलगायत वाली सप्रनेमा किसान खुसी छन्।
हिमपातपछिको चिसोले चुमनुव्री गाउँपालिकाका सात वडामा जनजीवन कष्टकर छ। छिमेकको धार्चे गाउँपालिका ४ लाप्राकमा पनि हिमपातले स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ।
दुइ हजार सात सय मिटर उचाइमा पर्ने लाप्राकमा हिउँ परेपछि विद्यार्थी भने रमाए। लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघले ५७३ वटा घर बनाउँदै छ। हिउँ परेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन्।