बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालकी सांसदले गाडी सुविधा माग गरेकी छिन्।
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद रेनुका गुरुङले मन्त्री सरहको सांसदलाई गाडी सुविधा दिनुपर्ने माग गरेकी हुन्।
'संघीय सांसद एउटा उच्चस्तरको जनप्रतिनिधि हो, जो संसद र समितिको बैठकको अलावा आफ्नो क्षेत्रको जनसरोकारको सेवामा मन्त्री सरह रातदिन खटिनुपर्ने बाध्यता छ', गुरुङले भनिन्, 'सांसदलाई सरकारले मर्यादाक्रमको वरियतामा आठौँ क्रममा राखेपनि गाउँपालिका अध्यक्ष सरह पनि सरकारी गाडीको सुविधा नदिदाँ सडकको दुरावस्था र ट्राफिक जाम हुने सार्वजनिक यातायातको भर पर्नुपर्ने, रातदिन टेम्पोमा झुण्डिएर यात्रा गरेको कुरा सबैलाई थाहा नै छ। तसर्थ सांसदहरुको सुरक्षा, कार्यक्षेत्र मर्म र भावना आत्मसात गरेर सरकारी गाडीको सुविधान उपलब्ध गराउन जोडदार माग गर्दछु।'